प्रकाशित मिति : मङ्लबार, साउन ३१, २०७४

भैरहवामा बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले बाढी पहिरो प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले राहतका लागि जिल्लामा रहेका महाधिवेसन प्रतिनीधि, महासमिति सदस्य, जिल्ला कार्यसमिति, क्षेत्रीय पदाधिकारी र नगर पदाधिकारीबाट न्यूनतम अनिबार्य १ हजार र सवै क्रियाशील सदस्यबाट न्युनतम अनिवार्य १ सय रुपैयाँ उठाउने निर्णय गरेको सचिव रामकृष्ण खाँणले जानकारी दिए ।
यस्तै बाढी पहिरो र डुवानका कारण जिल्लामा भएको मानवीय एवं भौतिक क्षतिको विवरण संकलनका लागि क्षेत्रीय सभापति सदस्य रहने गरी सचिव खाँणको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij