आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जसले थापाथली सडकमा भेट्टाएको एक लाख रूपैयाँ प्रहरीलाई जिम्मा लगाए

  • प्रकाशित मिति : बुधबार, साउन ३२, २०७४



  • मंगलबार दिउसो थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा भेटाएको एक लाख रूपैयाँ एक युवकले प्रहरीलाई जिम्मा लगाएका छन्।

    १०००  दरका १०० थान नोट अर्थात एक लाख रूपैयाँ रामेछाप घर भइ कालीमाटीमा बस्दै आएका २५ वर्षीय उमेश श्रेष्ठले प्रहरीमा जिम्मा लगाएका हुन्।

    मैले भेटाएको एक लाख रकम ट्राफिक प्रहरी कार्यालय थापाथलीबाट चिठी लेखि ‘महानगरीय ट्राफिक कार्यालय अ.अ. तथा कारबाही शाखा काठमाडौँ’  मा पठाएको छु। यो खबर सम्बन्धित व्यक्तिसम्म पुगेमा सम्बन्धित व्यक्तिले आफ्नो पैसा पाउर्ने थिए,’ श्रेष्ठले भने।

    साथै उनले ट्राफिक कार्यालयद्वारा सम्बन्धित व्यक्तिको ठोस प्रमाण बिना उक्त रकम हस्तान्तरण नहोस भनि आग्रहसमेत गरेका छन्।

    ‘पैसा जहाँ भेटिएको हो त्यो क्षेत्र मा CCTV जडान गरिएको छ ,  भेटिएको ठाउँ मा क्याप्चर हुन नसकेको तर उक्त मार्गमा चल्ने गाडी बाइकहरु अलि पर पुगेपछि क्यामेरामा कैद हुन्छ। समय र उक्त बन्डलमा भएको बैंककोका आधारमा सम्बन्धित व्यक्तिले आफ्नो दाबी गर्न सकोस्,’ उनले भनेका छन्।

    साधारण नेपालीका लागि एक लाख रुपैया भनेको सानो कुरा हैन। कसैको वर्षौभरिको कमाई हुन सक्छ। त्यसैले हराएको व्यक्तिको पीडा थाहा भएर आफूले उक्त रकम प्रहरीमा जिम्मा लगाएको श्रेष्ठले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij