
जहाज, एयरपोर्ट तथा समग्र हवाई क्षेत्रमा विभिन्न प्रकार सुरक्षा चुनौतिहरु बढ्दै गएको भन्दै चासो र चिन्ता व्यक्त भइरहेको सन्दर्भमा नेपालमा भने ‘एयरक्रफ्ट फायर फाइटर’हरुको सम्मलेन सुरु भएको छ।
हवाई यातायात अझै सुरक्षित, नियमित, भरपर्दो र विश्वसनीय बनाइराख्नको लागि र यो क्षेत्रमा उत्पन्न भएका नयाँनयाँ चुनौतिको सामना गर्न पेशामा लागेकाहरुको सीप, क्षमता विकास गर्न सम्मलेन आयोजना गरिएको आयोजक नेपाल उद्धार तथा अग्नी निवारक संघले जानकारी दिएको छ।
नागरिक उड्डय क्षेत्रका विभिन्न संघसंस्थाको सहभागिता रहेको उक्त सम्मेलनमा हवाई यातायातमा बढ्दै गएका चुनौति, सुरक्षाका सवालको बारेमा छलफल हुने र त्यस्ता चुनौतिसँग सामना गर्न आविष्कार तथा प्रचलनमा रहेका प्रविधिको प्रदर्शनी हुने आयोजक संस्था नेपाल उद्धार तथा अग्नी निवारक संघका अध्यक्ष अरुण कुमार आचार्यले जानकारी दिए।
आचार्यका अनुसार सम्मलेनमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ईकाओ), अमेरिकाको एआरएफएफ ( एयर फाइटर र्बोकिङ ग्रुप) संगठित रुपमै सहभागी भएका छन्। सहभागी संस्थाका प्रतिनिधि, विज्ञसहित भारत, स्विडेन, डेनमार्क अमेरिका, र सुडानलगायत देशबाट सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
नेपालमा १ सय ८५ जना एयरक्राफ्ट फायर फाइटर छन्। सम्मलेनमा भने अन्य क्षेत्रका फायर फाइटरहरुपनि सहभागी छन्। जसमा १ सय ५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यरत छन् भने बाँकी अन्य विमानस्थलमा रहेका छन्। सम्मेलनमा सहभागी सबै फाइटरहरुलाई नयाँ प्रविधि र सिपकोबारे जानकारी दिइन् आचार्यले जानकारी दिए।
भैरहवा, पोखरा,विराटनगर, नेपालगन्ज र सिमरा विमानस्थलमा अग्नि यन्त्र र फायर फाइटरहरु रहेका छन् त्यस्तै सुुुर्खेत र लुक्लामा पनि फायर फाइटर रहेका छन्।
हवाई यातायात विश्वव्यापी रुपमा सबैभन्दा बढी सुरक्षित मानिने भएपनि यसमा नयाँ नयाँ सुरक्षा चुनौतिहरु थपिँदै गएको सरोकारवालाहरुको भनाइ छ। सम्मलेनमा यस्तै विषय र निराकारका प्रविधि, सीप र कौशलको बारेमा एकआपसमा छलफल हुने आयोजकहरुले बताएका छन्।
सम्मलेनमा सुरक्षा चुनौति र तिनको सामना गर्न आवस्यक सीप, प्रविधिको बारेमा सैद्धान्तिक, व्यवाहरिक पक्षको जानकारी हुने छ। जसमा अवधारणपत्र, कार्यपत्रहरु प्रस्तु्त हुनुको साथै प्रदर्शनी पनि हुने छ।
नेपालमा हालसम्म सबै फाइटरहरु दक्ष रहेको र आफूहरु यसमा सबल भएपनि नयाँ नयाँ चुनौतिको बारेमा पनि ज्ञान आवस्यक भएकोले सम्मलेनको आयोजना गरिएको आचार्यले जानकारी दिए। यद्यपी विमानस्थल आसपासका घना वस्ती र त्यसबाट उत्पन्न हुने असुरक्षाले गर्दा चुनौति थपिएको आचार्यले बताए।
ईकाआलेको तोकेका सबै मापदण्ड नेपालका विमानस्थलले पुरा गरेको र नागरिक उड्डय प्राधिकरणमा आबद्ध सबै प्राविधिकहरु उत्तिकै दक्ष भएको आचार्यले जानकारी दिए। इकालेले विमानस्थलमा दुर्घटना भएमा फायर फाइटलले २ मिनेटभित्र अधिकांस आगो नियन्त्रण गरिसक्नुपर्ने नियम बनाएको छ।