प्रकाशित मिति : बिहिबार, भदौ १, २०७४
सप्तरीको रुपनी गाउँपालिका– १ मा बुधबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाकी ७५ वर्षीया मसुनी देवी यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
घर नजिकैको खाँडो पुलमा खसेको विद्युत्को तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । उपचारका लागि बिपी कोइराला धरान लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij