आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डुबानमा परेपछि सुस्ताका बासिन्दाद्वारा भारततर्फको नहर फुटाउने प्रयास

  • प्रकाशित मिति : शुक्रबार, भदौ २, २०७४



  • पश्चिम गण्डक नहरको पानीले बस्ती र खेती डुबानमा परेपछि सुस्ताका बासिन्दा आक्रोशित बनेका छन् । उनीहरुले बिहीबार भारतको मुख्य पश्चिम नहर फुटाउने प्रयास गरे ।

    लगातारको वर्षाले सुस्ता गाउँपालिकाको १ र २ वडा डुबानमा परेका छन् ।

    बाँधका कारण पानीले निकास नपाउदा डुबानमा परेको भन्दै ताल बनेको पानी फुटाएर निकाल्ने प्रयास गरेका थिए । गाउँलेलाई नेपाली सुरक्षाकर्मीले रोकेका थिए ।

    नारायणी नदीमा आएको बाढीले नहरमा पानीको बहाव बढेपछि सुस्ता–१ को बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर २ अन्तर्गत सत्तपति र महलबारीमा डुबान परेका छन् । करिब १ हजार बिघाभन्दा बढी क्षेत्रफलमा लगाईएको धानबाली र उखु नष्ट भएको स्थानीय ज्ञानु न्यौपानेले बताए ।

    बर्सेनी डुबान र जमिन कटान गरेको गुनासो नेपाली र भारतीय प्रशासनलाई पटक पटक जानकारी गराउँदा बेवास्ता गरेकाले बाध्य भएर नहर फुटाउन लागेको स्थानीयले बताए । –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij