
आइएमई लाइफ इस्योरेन्स कम्पनीले व्यवसाय थालेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले कारोबार शुभारम्भको उद्घाटन गरे।
बीमा समितिबाट गत असार २० गते यस लाइफ इस्योरेन्सले कारोवार संचालन गर्न अनुमति पाएको थियो। अनुमति पाएको छोटो समयमै यस लाइफ इस्योरेन्सले कारोवार शुभारम्भ गरेको हो।
कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा स्थापना गरी कारोवार थालिएको कम्पनीले जनाएको छ। समितिका अध्यक्ष चापागाँईले आइएमई लाइफ इस्योरेन्सले पछिल्लो पटक संचालन अनुमति प्राप्त इस्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा पहिला सेवा शुभारम्भ गरेकोमा बधाई व्यक्त गरे।
कार्यक्रमको सभापतित्व आइएमई लाइफ इस्योरेन्स कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले गरेका थिए।