प्रकाशित मिति : शनिबार, भदौ ३, २०७४
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्।
उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।
![]()
उनले क्षेत्र निर्धारणको नाममा अनावश्यक रुपमा जिल्लाहरु टुक्र्याउने काम गर्न नहुने पनि बताए।
नेता नेपालले बाढी प्रभावित जिल्लामा तत्काल पर्याप्त राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दै सबैलाई सहयोग गर्न आव्हान गरे।
शान्ति सम्बन्धी सम्मेनलमा भाग लिन नेता नेपाल उत्तर कोरिया गएका थिए। मानवअधिकार प्रत्याभूति लगायत सवालमा उत्तर कोरियाको राष्ट्रसंघका सदस्य राष्ट्रसँग सम्बन्ध राम्रो नभईरहेको समयमा संयुक्त राष्ट्रसंघको सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्री समेत भइसकेका नेता नेपाल कोरिया भ्रमणमा जान नहुने भन्दै आलोचना भएको थियो। शान्ति सम्बन्धी सम्मेलनमा नेपालबाट नेता नेपालसँगै सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा र एकनाथ ढकाल सहभागी थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij