मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

तरकारी खेतीमा प्रख्यात बन्दै लक्ष्मिनियाँका किसान

  • प्रकाशित मिति : शनिबार, भदौ ३, २०७४



  • गौशाला नगगरपालिका– १२ ९साविकका लक्ष्मिनियाँ गाविस –७ का ६५ वर्षिय रामचन्द्र महतो तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन्।
    केहीवर्ष अगाडिमात्रै शिक्षक सेवाबाट अवकास पाएका महतोले वैज्ञानिक विधिद्वारा आफ्नै खेतमा हरियो तरकारी उत्पादन गरेर मासिक हजारौं रुपैयाँ कमाउन सफल भएका हुन्।
    कम्पोस्ट मलको सट्टामा प्रांगारिक मल, कीटनाशक सट्टामा स्थानीयस्तरमा पाइने जडीबुटीलाई मिश्रित घोल बनाएर खेतमा छर्किंदा कम लगानीमै बढी उत्पादन गर्नमा सफल भएको महतोले जानकारी दिए।
    विभिन्न किसिमका तालिमबाट प्राप्त भएको ज्ञानको आधारमा बीउ संरक्षण, खेती गर्ने, कीटनाशकबाट जोगाउने, बजार व्यवस्थापनलगायतका विधि प्रयोग गरी मनग्य आम्दानी गर्न सफल भएको गृहणी सुनिता कुमारीले बताइन्।
    स्थानीयस्तरमै कृषक समूह बनाएर तरकारीखेती गर्न थालेपछि वर्तमान समयमा जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न किसिमको आकर्षक प्याकेजलगायतका कृषि सामग्री अनुदानस्वरुप प्राप्त हुन थालेको उनले जानकारी दिए।
    स्थानीयस्तरमा उचित बजारको व्यवस्था नभएकाले महोत्तरीको गौशाला, सर्लाहीको लालबन्दी, धनुषाको ढल्केवरमा गएर बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान सन्तलाल महतोले बताए। टिपर र मोटरसाइकलमा लोड गरेर एकैपटक एउटै बजारमा बिक्री गर्दा व्यापारीले उचित मूल्य दिन हिच्काउँदै आएको महतोले गुनासो गरे।
    स्थानीयस्तरमा रहेको संस्थाबाट कुनै किसिमको सहयोग नपाए पनि जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न किसिमको सहयोग प्राप्त हुँदै आएको शिवशक्ति मिश्रित बहुउद्देश्य सहकारी समूहको अध्यक्षसमेत रहेका महतोले जानकारी दिए।
    प्रत्यक्ष रुपमा तीन सय घरपरिवार कृषि पेशामा संलग्न रहेको सो गाँउ पछिल्लो समयमा हरियो सागपातको गाउँ भनेर जिल्लामै परिचित हुनथालेका छन्।
    त्यहाँका किसानलाई सिंचाइको व्यवस्था, रासायनिक मलको सट्टामा कम्पोस्ट मलको प्रयोग विधि, विषादीको सट्टामा एकीकृत शत्रुजीव व्यवस्थापन, तरकारीमा लागेको रोग कीराको नियन्त्रण र बजार व्यवस्थापन सम्बन्धी तालीम दिँदै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादवले जानकारी दिए।
    ‘मेहनत गरे माटोमै पनि सुन फल्छ’ भन्ने उदाहरणलाई महोत्तरी गौशाला नगरपालिका– १२ लक्ष्मिनियाँका किसानले सावित गरेको उनले बताए।
    सो स्थानका किसानले दैनिक ५० हजारदेखि दुई लाख मूल्य बराबरका तरकारी उत्पादन हुने गरेका छन्। गतवर्ष जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा ६ लाख ६९ हजारको लागतमा तरकारी संकलन केन्द्र पनि सो स्थानमा स्थापना भएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij