मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

  • प्रकाशित मिति : शनिबार, भदौ ३, २०७४



  • रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ।

    सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

    आक्रमणकारीले आफ्नो छेउबाट हिँडिरहेका व्यक्तिहरुलाई चक्कु प्रहार गरेका अनुसन्धानकर्ताहरुले शनिबार जानकारी दिएका छन्। यो एक भीषण आक्रमण भएको रसियाको अनुसन्धान विभागले जनाएको छ।

    सहरको मध्य भागमा रहेको मुख्य सडकमा स्थानीय समय अनुसार बिहान ११.३० मा घटना भएको अधिकारीहरुले जनाएका छन्। घटनास्थल मोस्कोदेखि २१ सय किलोमिटर उत्तर तर्फ छ।

    घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर र बाँकीको स्थिर रहेको प्रान्तीय सरकारका अधिकारीहरुले बताएका छन्। रासस/एएफपी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij