आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक मनाङेलाई सफाइ दियो

  • प्रकाशित मिति : सोमवार, भदौ ५, २०७४



  • विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक मनाङेलाई सफाइ दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार वर्षभन्दा बढी समय लगाएर अनुसन्धान गरेको मुद्दामा विशेष अदालतले वादीको दाबीअनुसार प्रमाण पुग्न नसकेको भन्दै मनाङेलाई सफाइ दिएको हो । अदालतको अन्तिम सुनुवाइबाट सफाइ पाएपछि दुई करोड ९० लाख रुपियाँ धरौटीमा रिहा गरिएको थियो । यो खबर नारायण काफ्लेले आजको गोरखापत्रमा लेखेका छन्।

    मनाङेसहित अदालतले उनकी श्रीमती पासाङ डोमा शेर्पालाई पनि सफाइ दिएको छ । गैरकानुनी रूपमा कमाएको सम्पत्ति लुकाउन सहयोग गरेको भन्दै श्रीमती डोमालाई पनि मतियारका रूपमा विपक्षी बनाइएको थियो । सफाइ पाएका मनाङे राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छन् । उहाँ राप्रपा मनाङका अध्यक्ष समेत हुन्।

    आइतबार विशेषका न्यायाधीशहरू पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले मनाङेलाई सफाइ दिएको हो । विशेषका रजिस्ट्रार भीमकुमार श्रेष्ठले आरोप दाबीअनुसार प्रमाण प्राप्त नभएको भन्दै इजलासले सफाइ दिएको बताए। श्रेष्ठले भने, ‘आरोप दाबीअनुसार वादी पक्षले प्रमाण पु¥याउन नसकेकोले सफाइ दिइएको हो । चित्त नबुझ्ने पक्षले पुनरावेदनको म्याद नियमअनुसार पाउँछन् । ’

    विशेष कार्यविधिअनुसार सुनुवाइ भएको मुद्दामा पुनरावेदनका लागि ३० दिनको समय हुनेछ । आदेशमा चित्त नबुझ्ने पक्ष विशेषको आदेश बुझेको मितिले ३० दिनभित्र सर्वोच्चमा पुनरावेदनमा जानुपर्ने व्यवस्था छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते मनाङेसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । विभागले मनाङेसहित गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन भनिने मिलन गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो ।

    मनाङेसँग १४ करोड ७३ लाख ३१ हजार रुपियाँ अवैध सम्पत्ति राखेको अभियोग लगाइएको थियो । विभागले दर्ता गरेको मुद्दामा मनाङेको अवैध सम्पत्तिमध्ये काठमाडौँ र नुवाकोटको जग्गा पनि जफत गर्न माग गरिएको थियो । काठमाडौँको २२ आना र नुवाकोट ककनीको दुई स्थानमा रहेको ७७ आना जग्गा जफत गर्न माग गरिएको थियो । दुवै सम्पत्ति श्रीमती डोमाको नाममा रहेको अनुसन्धानमा भेटिएको थियो ।

    विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ अनुसार अभियुक्तसँग मागदाबी अनुसार बिगो र बिगो बराबर नै जरिवाना हुनुपर्ने जिकिर गरेको थियो । ऐनको व्यवस्थाअनुसार कम्तीमा एक वर्षदेखि चार चार वर्षसम्म कैद र दुवै सजाय हुने व्यवस्था छ ।

    विभागले मुद्दा दायर गरेको अन्य ‘डन’ भनिएकाहरूको मुद्दा भने विचाराधीन छ । विचाराधीन मुद्दामध्ये सबैभन्दा बढी बिगो दाबी गणेश लामाको छ । लामासँग विभागले २७ करोड १ लाख बिगो दाबी र सोहीबमोजिम जरिवाना माग गरेको छ ।

    यस्तै, पर्शुराम बस्नेतसँग ११ करोड ६१ लाख, चक्रे मिलनसँग सात करोड आठ लाख र अभिषेक गिरीसँग दुई करोड ९४ लाख रुपियाँ अवैध आर्जन गरेको सम्पत्ति रहेको दाबी विभागको छ । सोहीअनुसार विभागले विशेषमा मुद्दा दायर गरेको थियो । विभागले मुद्दा दायरका क्रममा सबै अभियुक्तका श्रीमतीलाई पनि विपक्षी बनाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij