मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, ८ बजेसम्म डेढलाखले दर्शन गरे

  • प्रकाशित मिति : बिहिबार, भदौ ८, २०७४



  • हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।  भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
    पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले बताए।

    पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए।

    लाम व्यवस्थित गरिएकाले गौशाला–चाबहिल सडक खुला रहेको छ । बिहान ८ बजेसम्म करिब एकलाख ५० हजार दर्शनार्थीले मन्दिर दर्शन गरिसकेका छन् । आज पशुपतिमा विशेष पूजाको कार्यक्रम राखिएको छैन । पशुपति प्रवेशमा कुनै पनि पासको पनि व्यवस्था नगरिएको निर्देशक सिटौलाले बताए।

    यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij