प्रकाशित मिति : शुक्रबार, भदौ ९, २०७४
सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारी योजना अगाडि बढाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
सिंहदरबार क्षेत्र र पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ। ‘सो क्षेत्रमा बोर्डब्याण्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद आचार्यले भने,‘ सो क्षेत्रमा नेटवर्क विस्तारका लागि इच्छुक कम्पनीबाट आवेदन मागिएको छ।’
प्राधिकरणले उक्त स्थानमा ब्रोडब्याण्ड इन्टरनेट नेटववर्क बिस्ताका लागि इच्छुक कम्पनीले २ असोजसम्म आवेदन दिनसक्ने गरी ४ भदौमा सूचना निकालेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij