आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतबाट आउने थप १०० मेगावाट बिजुलीले लोडसेडिङ हटाउन राहत

  • प्रकाशित मिति : शुक्रबार, भदौ ९, २०७४



  • आउने हिउँदमा नेपालले भारतबाट थप १०० मेगावाट बिजुली ल्याउन सक्ने भएको छ।

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले बिहीबार  १३२ केभी क्षमताका दुई प्रसारण लाइन (कटैया-कुशहवा र रक्सौल-परवानीपुर)को उद्घाटन गरेका छन्।

    नेपाल विद्युत प्राधिकरणले  भारतबाट आउने थप बिजुलीले हिउँदमा लोडसेडिङ हटाउन राहत हुने जनाएको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षभन्दा यो हिउँदमा २०० मेगावाट बढी माग हुने र त्यो माग पूरा गर्न भारबाट आउने थप बिजुलीले राहत पुग्ने बताए।

    ‘भारतबाट थप बिजुली ल्याउन सक्ने भएपछि यो हिउँदमा पनि लोडसेडिङ हटाउन हामीलाई केही राहत भयो’, घिसिङले भने।

    कटैया-कुशहवा प्रसारण लाइनबाट अहिले पनि बिजुली आयात भइरहेको छ।  रक्सौल- परवानीपुर  प्रसारण लाइनको भने भारततर्फ एउटा सवस्टेशनको काम जारी छ। जुन केही दिनभित्रै सक्ने भारतीय पक्षले जानकारी दिएको छ।

    दुबै प्रसारण लाइनबाट प्रतियुनिट ५.५५ भारतीय रूपैयाँमा बिजुली आयात हुनेछ।

    गत वर्ष हिउँदमा नेपालले भारतबाट करिब ३५० मेगावाट बिजुली आयात गरेको थियो।

    कुलेखानीमा पोहोरको जति पानी भइसक्यो

    निर्देशक घिसिङले कुलेखानी जलाशयमा गत वर्षको जति पानी जम्मा भइसकेको जानकारी दिए।

    ‘केही दिनअघि पोहोरभन्दा कुलेखानीमा पानीको तह करिब ६ मिटर कम थियो। पछिल्ला दिनमा हामीले पोहोर सालको हाराहारीमा ल्याइसकेका छौं’ घिसिङले भने।

    उनका अनुसार बिहीबारसम्म कुलेखानीमा पानीको तह १५१७ मिटरमा आइपुगेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij