मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

जनता आवास कार्यक्रमअन्तर्गत शुक्लाफाँटमा ४५ घर निर्माण

  • प्रकाशित मिति : शुक्रबार, भदौ ९, २०७४



  • जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बसोबास गर्दै आएका दलित समुदायका ४५ वटा घर निर्माणको कार्य सम्पन्न भएको छ ।

    शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले यहाँ बसोबास गर्दै आएका दलित समुदायका घर निर्माणको कार्य गरेको हो ।

    स्वीकृत डिजाईन र स्फेसिफिकेसनबमोजिम कार्यविधि २०७३ मा रहेका प्रावधान पालना गरी सर्वेक्षण फाराम भरेका दलित समुदाय घर निर्माणका लागि छनोटमा परेका ४९ मध्ये ४५ जनाको घर निर्माणको कार्य गरिएको निर्माण समितिका संयोजक पुष्कर महरले बताए ।

    ‘सर्वेक्षण फाराम भरेका कार्यविधिअनुसार घर निर्माणका लागि दलित समुदायका एकल महिला, अतिविपन्न, अपांगता र असहायलाई पहिलो प्राथमिकतामा राखी छनोट गरी घर निर्माणको कार्य गरिएको छ’, उनले भने । प्रत्येक घर निर्माणका लागि  दुई लाख १५ हजार २ सय ३९  रुपैयाँ रकम खर्च गरिएको छ ।

    जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको निर्णयअनुसार यहाँका नौवटै स्थानीय तहमा घर निर्माणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो। कञ्चनपुरमा जनता आवास कार्यक्रमअन्तर्गत ५ सय  घर निर्माण भइरहेका छन । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij