मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

बाढीले अस्तव्यस्त बनेको सौराहामा पर्यटकको चहलपहल शुरू

  • प्रकाशित मिति : शुक्रबार, भदौ ९, २०७४



  • पर्यटकको आगमन शुरू भएकै बेला बाढीका कारण होटल डुबानमा परेपछि अस्तव्यस्त भएको सौराहामा पर्यटकको चहलपहल शुरू भएको छ ।

    साउन २९ गते राति बाढीले अधिकांश होटल डुबानमा परेपछि त्यहाँ रहेका पर्यटकलाई उद्धार गरिएको थियो । डुबानका कारण होटलमा  १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याँक छ ।

    क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार त्यहाँका ११० वटा होटलमध्ये आधाभन्दा बढी पुनः सञ्चालनमा आएका छन् । राप्ति नदी छेउमा नै रहेका १२ वटा रेस्टुरेन्ट पूर्णरुपमा क्षति भएका थिए भने अन्यमा आंशिक प्रभाव परेको थियो ।

    आंशिक प्रभावमा परेका धेरैजसो होटल मर्मत सम्भार गरी पुनः सञ्चालनमा आएको उनले  बताए ।

    बाढी गएका दिन सौराहामा ६ सय पर्यटक रहेका थिए । त्यसपछिको दुई साता न्यून पर्यटकमात्र रहेका थिए । आजसम्म आइपुग्दा पर्यटकको संख्या दैनिक एक सयजना नाघेको घिमिरेले बताए । उक्त समयमा भएका बुकिङ रद्ध हुँदा  चार करोड रुपैयाँभन्दा बढी नोक्सान भएको उनले बताए । आउँदो साताबाट क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीले गरेका छन् ।

    होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले कोठामा पानी नपसेकाले बाढी गएको तेस्रो दिनबाटै होटल सञ्चालनमा आएको बताए । सौराहाका १५ वटा होटलले बाढी गएको तीन दिनपछि नै सेवा शुरू गरेका थिए । दुवाडीले आज पनि होटलमा १० जना पर्यटक रहेको बताए । बाढी गएका दिन सो होटलमा ५७ जना पर्यटक रहेका थिए ।

    पर्यटकको चहलपहल शुरू भएपछि सौराहामा हात्ती, जिप, डुंगा सफारी शुरू भइसकेको छ । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने अवरोधले सौराहामा पर्यटन क्षेत्र प्रभावित भएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij