प्रकाशित मिति : शनिबार, भदौ १०, २०७४
निलम ओली , दाङ । दाङमा अञ्चल प्रहरी कार्यालय तुल्सिपुर्मा ए.आई.जि मिङमार लामा बस्ने निश्चित भएको छ । प्रदेश नम्बर ५ का प्रहरी अतिरिक्त महानिरिक्षक लामा दाङको तुल्सिपुरमा बस्ने भएको हो । 
प्रदेश नम्बर ५ मा मिङमार लामालाई प्रदेश प्रहरी प्रमुखका रुपमा खटाइएको छ । प्रदेश २ र ५ मा क्षत्रीय कार्यालय नभएकाले ए.आई.जिहरुलाई कार्यकक्ष अभाव भएको छ । ए.आई.जिहरुलाई प्रदेशमा खटाइएकाले संरचना भएका कार्यालयमै प्रदेश प्रहरी कार्यालय स्थापना हुने भएको छ । 
नयाँ भवन निर्माण गर्नु भन्दा भएकै संरचनामा प्रदेश प्रहरी प्रमुख राख्दा उचित हुने प्रहरी प्रबक्ता डि आई.जि पुष्कर कार्कीले बताउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij