आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरियामा नेपाली कामदारले किन गरिरहेका छन् आत्महत्या ?

  • प्रकाशित मिति : शनिबार, भदौ १०, २०७४



  • पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चूनौतीपूर्ण बन्दै गएको छ ।

    आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहिन हुनेसम्म अनुमान गर्न थालिएको छ ।

    कोरियाको विकास र आर्थिक उन्नतिलाई सरसर्ती हेर्दा त्यहाँको रोजगारी प्रति गुनासो गर्ने अवस्था नदेखिए पनि युवकयुवतीले धमाधम आत्महत्या गर्न थालेपछि त्यसको कारण खोजिनु पर्ने आवाज उठेको छ ।

    बैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा चारजनाले आत्महत्या गरेका छन् ।

    चर्को प्रतिस्पर्धा बीच कोरियन भाषा सिकेर त्यहाँ पुगेका नेपाली युवाले किन आत्महत्याको बाटो रोज्छन त ? इपिएस शाखाका प्रमुख बाबुराम खतिवडा भन्छन्,‘कामदारलाई कोरिया लैजाने छनोट प्रक्रिया नै गलत छ ।’

    उनका अनुसार थ्री डी(डर्टी, डेन्जरस र डिफिकल्ट) काम गर्न लैजाने कामदार छनोट प्रक्रिया अध्ययन, अनुसन्धान लैजाने सरहको हुँदा समस्या बढिरहेको छ ।

    ‘घरमा हुँदा खेतबारीमा पाइला नटेकेको युवा भाषा परीक्षा उत्तिर्ण गरेर कोरिया जान्छन’, खतिवडाले भने,‘कोरिया गएर थ्री डीको काम गर्नुपर्दा कयौं युवाले डिप्रेसन भएर आत्महत्याको बाटो रोज्न पुग्छन् ।’

    शाखाका अनुसार कोरियामा सन् २०१६ मा ११ जना नेपालीको मृत्यु हुँदा तीनजनाले आत्महत्या गरेका थिए ।

    कोरियामा मृत्यु: अवधि १० बर्ष
    मृत्युः १३०
    आत्महत्या: ३६
    आत्महत्या गर्ने उमेर समूह : २२–२८ बर्ष

    -नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij