प्रकाशित मिति : शनिबार, भदौ १०, २०७४
हुम्ला । अविरल वर्षाले खार्पुनाथ गाउँपालिका–१ का ताक्लाका सौरे बोगटीको चारकोठे घरमा अन्नबाली, लत्ताकपडा, भाँडाकुँडा गरी सात लाख २५ हजार २ सय ५० बराबरको क्षति भएको छ ।
नेपाल रेडक्रस सोसाइटी हुम्लाले शुक्रबार निजलाई पाल, कम्बल, भाँडाकुँडा र लत्ताकपडा वितरण गरेको रेडक्रसका मन्त्री छेपालदोर्जी लामाले जानकारी दिए ।
त्यस्तै, सिमीकोट गाउँपालिका वडा नं २ ठेहेका कर्णजित बोहराकोे चारकोठे भवन नष्ट भई घरमा भएका सम्पूर्ण सामान क्षति भएकाले चार लाख २० हजार ८ सय ० क्षतिपूर्तिका लागि निवेदन पेश गर्नुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij