प्रकाशित मिति : शनिबार, भदौ १०, २०७४
गर्मी र वर्षायामको सुरुवातसँगै कैलाली जिल्लामा सर्पको डसाइका घटना बढ्न थालेका छन् ।
विषालु सर्पको डसाइबाट जिल्लामा गएको वैशाखदेखि साउन अन्तिमसम्म १४३ जना उपचारका लागि आएकोमा १३ जनाको मृत्यु भएको सेती अञ्चल अस्पताल आकस्मिक कक्षका प्रमुख कृष्णबहादुर बोहराले बताए।
यो अवधिमा सर्पको डसाइबाट बिरामी भएकामध्ये विषालु सर्पले डसेका बिरामीको संख्या ४७ छ ।
अस्पतालमा गएको साउन महिनामा मात्रै सर्पले डसेका ६२ जना उपचारार्थ सेती अञ्चल अस्पताल भर्ना भएको बोहराले बताए। सात जनाको अस्पतालमा उपचारका क्रममा र छ जनाको उपचारार्थ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । अस्पतालले अन्य दुई बिरामीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरेको छ ।
गतवर्ष सेती अञ्चल अस्पतालमा २१५ जना सर्पडसाइका बिरामी उपचारका लागि आएकोमा सात जनाको उपचारको क्रममा मृत्यु भएको थियो । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij