मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

रेलवे लिक मर्मत, पुलको बेवास्ता

  • प्रकाशित मिति : मङ्लबार, भदौ १३, २०७४



  • भारत विहारस्थित फारबिसगन्ज-जोगवनी सडकखण्डनजिकै बाढीले क्षति पुर्‍याएको रेलमार्ग मर्मत गर्न त्यहाँको सरकारले दैनिक एक हजार मजदुर परिचालन गरेको छ । तर, नेपालतर्फ मालवाहक गाडी आउने त्यही सडकमा भासिएको पुल मर्मतमा भने उसले चासो दिएको छैन । पुल मर्मत नहुँदा एक सातादेखि मालवाहक गाडी नेपालतर्फ आउन सकेका छैनन् ।

    यसबाट विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट आएको छ । यस्तै अवस्था रहने हो भने भदौमा लक्ष्यअनुसार राजस्व असुली नभई सरकारलाई ठूलो आर्थिक नोक्सानी हुने विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए । ‘असार २८ गते आएको बाढी र त्यसपछिका चार दिनसम्म भन्सारको राजस्व असुली ठप्प भयो’, उनले भने, ‘त्यसपछि बथनाहामा भारतीय पुल भासिएपछि आठ दिनदेखि राजस्व असुली प्रभावित भएको छ । लक्ष्यअनुसार राजस्व नउठ्ने देखिएको छ ।’अाजकाे अन्नपुर्णमा खबर छापिएकाे छ ।

    भदौमा साढे दुई अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा हालसम्म ४४ करोड रुपैयाँमा मात्र संकलन भएको छ । पुल भासिएपछि दैनिक आठ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पूरा हुन सकेको छैन । भारतीय भूमिमै अलपत्र परेका सयौं संख्याका कन्टेनर तथा मालवाहक गाडी भीमनगर-भन्टाबारी छोटी भन्सारको बाटोबाट सानो संख्यामा मात्र नेपाल आएका छन् । यसले राजस्व असुलीमा ठूलो असर पुगेको छ । उद्योगी तथा व्यवसायीले यो बाटोबाट मालसामान तथा औद्योगिक कच्चापदार्थ आयात गर्दा अतिरिक्त डिटेन्सन चार्ज र थप ढुवानी खर्च बेहोर्नुपरेको बताएका छन् ।

    ‘हामीले सरकार, नेपालस्थित भारतीय दूतावास, भन्सार विभाग तथा अन्य निकायलाई पुल मर्मत गर्ने विषयमा ध्यानाकर्षण गराए पनि यसमा चासो दिइएको छैन’, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष सुशील जोशीले भने । भारततर्फ भत्किएको रेलवे लिक मर्मत गर्न त्यहाँको सरकारले दु्रत गतिमा काम अघि बढाए पनि पुलमा भने फलामे बार लगाएर नेपालतर्फ आउने मालवाहक गाडी तथा कन्टेनरलाई रोकेको उनले बताए । दुई साताअघि आएको बाढीले भारत तथा तेस्रो मुलुकको आयातनिर्यातका लागि मेरुदण्ड मानिने फारबिसगन्ज-जोगवनी सडकमा पर्ने परमान नदीको मिरगन्ज पुल भासिएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij