मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी

  • प्रकाशित मिति : मङ्लबार, भदौ १३, २०७४



  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ ।

    आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको हो ।

    गत वर्ष परेको ६३३ उजुरीमध्ये शिक्षामा २६३, स्थानीय विकासमा १२१, वन तथा भू–संरक्षणमा ६० वटा छन् । तीमध्ये शिक्षाका १७८, स्थानीय विकासका ७१ र वनका ६० उजुरी फर्छ्यौट गरेको सो कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । कार्यालयले उक्त अवधिमा ३९३ उजुरी फर्छ्यौट  गरेको छ ।

    गत वर्ष पाँच अभियोग पत्र विशेष अदालतमा दायर गर्नाका साथै तीनजनालाई घूस लिँदै गर्दा पक्राउ गरेको थियो । प्रारम्भिक छानबिन र विस्तृत अनुसन्धानबाट गरी ३७ लाख ४० हजार ५ सय ६५ रुपैयाँ असुल गरेको सूचना अधिकारी सापकोटाले बताए ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले आयोगको एक्लै प्रयासबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने भएकाले यसका लागि सबैको सकारात्मक सहयोगको अपेक्षा गरे । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij