विभागले पूर्वी पहाडका आकाशमा क्युमोलोनिम्बस बादल जम्मा भएको र त्यसले लगातार ४-५ घण्टा पानी पार्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले पूर्वी क्षेत्रमा भारी बर्षा हुने र अन्य क्षेत्रमा मध्यम बर्षा हुन सक्ने जनाएको छ। बाढी पूर्वानुमान शाखाले भने पहाडी क्षेत्रमा पनि पहिरोको जोखिम रहेको उल्लेख गरेको छ।
क्युमोलोनिम्बस बादल सबैभन्दा मोटो बादल भएको र यो जमिनको केही माथि देखि १० किलोमिटर अग्लो सम्म हुने विभागले आफ्नो ट्वीटमा उल्लेख गरेको छ।
बाढी पूर्वानुमान शाखाले आफ्ना आफन्तहरुलाई नदि किनारामा नजान सुझाउन समेत ट्विटर मार्फत अपिल गरेको छ।
