मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

एउटा मोटरसाइकललाई दुई वटा ट्रकले पालैपालो ठक्कर

  • प्रकाशित मिति : बिहिबार, भदौ १५, २०७४



  • बुटवलको मिलनचोकमा बिहिबार बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। एउटै दिशातर्फ गईरहेका दुई वटा ट्रकले पालैपालो ठक्कर दिँदा बा. ६४ प ६३८४ नं.को मोटरसाईकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा नं. ६ का २७ वर्षिय रुक बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राजमार्ग चौराहबाट बसपार्क तर्फ जाँदै गरेको लु. ६ ख ९८७२ नं. को ट्रकले पहिलो पटक ठक्कर दिएपछि 14 EN ५३७६ नं को भारतीय ट्रकले पुनः मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    ट्रकको ठक्करबाट गम्भीर घाईते भएका थापालाई लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजान साथ चिकित्सकले मृत घोषित गरेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले मोटरसाईकललाई ठक्कर दिने नेपाली र भारतीय दुवै ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij