आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिंहदरबारको मूल भवनमा टेको लगाउन सुरू

  • प्रकाशित मिति : बिहिबार, भदौ १५, २०७४



  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रवलीकरणका लागि टेको लगाउन (स्काफोल्डिङ) सुरू गरेको छ ।  प्राधिकरणले वर्षा लागेसँगै सिंहदरबारको मूल भवनलाई पानीबाट बचाउन प्लाष्टिकको ओत लगाएको थियो ।

    सिंहदरबारलाई प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रवलीकरण गर्ने कामदार भित्र छिर्न सकियोस् भनी टेको लगाउन थालिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । भूकम्पपछि लामो समय सिंहदरबारलाई पुनर्निर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्ने विवाद चलेको थियो ।

    प्राधिकरण कार्यकारी समिति बैठकले अवलोकन गर्न सकिने तर कार्यालयका रुपमा प्रयोग नगर्ने गरी ऐतिहासिक भवनलाई सुरक्षित राख्न प्रवलीकरण गर्ने निर्णय गरेको थियो ।   राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६० मा निर्माण गरेको सिंहदरबारपछि सरकारले किनेको थियो ।

    राणाकालमा ‘घरकाज अड्डा’ नामक संस्थाले यो दरबार बनाएको हो । विसं २०३० मा आगलागी भएपछि सिंहदरबारको पश्चिमी भागबाहेक अरु सबै भाग पुनर्निर्माण गरिएको हो । प्रवलीकरण सकेपछि सिंहदरबारलाई अवलोकनका लागि खुला गरिनेछ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij