आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अझै रोकिएन अवैध रूपमा ढुंगा-बालुवा उत्खनन कार्य

  • प्रकाशित मिति : बिहिबार, भदौ १५, २०७४



  • सरकारले वर्षातको समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन ।

    चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ । खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्‍याएको छ । मोरङको केराबारीस्थित खदम, हचुवा, मुगु खोलामा दिउँसोभन्दा बढी रातिमा उत्खनन हुने गर्छ । त्यही समयमा उक्त क्षेत्रमा प्रहरीले निगरानी पनि गरिरहेको छ ।

    असारदेखि असोजसम्म खोलाको उत्खनन तथा चोरी निकासी गर्न पाइँदैन । तर, तिनै समयमा बढी गिट्टी, बालुवा खोलाबाट चोरी निकासी हुने गर्छ । जेसिभी २५ हजार, ट्रिपर २० हजार र ट्र्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना तोकेपनि अहिलेसम्म कति गाडीलाई जरिवाना गरेको हो भन्ने तथ्यांक कोहीसँग छैन ।

    जिल्ला समन्वय समिति मोरङले गरेको सार्वजनिक सूचनाअनुसार बाटो, पाटीपौवा मठमन्दिर, पैनीबाहेक खोलाबाट ढुंगा बालुवा निकासी पैठारी गर्न पाइँदैन ।

    खोला क्षेत्रको संरक्षणका लागि विभिन्न पहल भइरहेको जिल्ला वन कार्यालका प्रमुख विनोद देवकोटाले बताए ।

    खोलामा भएको दुई नम्बरी धन्दा नरोकिएको देख्दा हैरानी हुन थालेको स्थानीयवासीको भनाइ रहेको छ । स्थानीय प्रशासनले चासो दिएमात्रै निकासी रोक्न सकिने केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीको भनाइ छ ।

    केराबारीका खोलामा साँझ पर्नासाथ सयौँ गाडी खोलाभित्र हुने गर्छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij