आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दसैँको अग्रिम टिकट बुकिङ २२ गतेदेखि खुल्ने

  • प्रकाशित मिति : शुक्रबार, भदौ १६, २०७४



  • दसैँका लागि आगामी भदौ २२ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी तथा उपभोक्ता मञ्चबीच आज भएको सर्वपक्षीय छलफलमा आगामी २२ गतेदेखि टिकट बुकिङ खुलाउने सहमति भएको हो।

    तत्कालका लागि बसहरुमा क्यारियर अर्थात छत राख्न दिनेगरी विभागले लचकता अपनाएपछि व्यवसायीहरु टिकट बुकिङ खुलाउन सहमत भएका हुन्। यसअघि राजपत्रमा सूचना प्रकाशन गरी क्यारियर राख्न नपाउने व्यवस्था गरिएको थियो।

    यद्यपी बसका क्यारियरमा मान्छे राख्न पाइने छैन। मान्छे वा कमर्सियल सामान राखेमा जुनसुकै कारबाही भोग्न आफूहरु तयार रहेको व्यवसायीहरुले बताएका छन्। यदी क्यारियरमा मान्छे राखेमा इजाजत पत्र नै खारेज गर्ने यातायात व्यवस्था विभागले जनाएको छ।

    यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले क्यारियरमा मान्छे राखेमा जुनसुकै सजाय भोग्न आफूहरु तयार रहेको बताए। त्यस्तै भाडा समायोजन गर्ने विषयमा आगामी सोमबार छलफल गर्ने सहमति भएको छ। दसैँअघि भने भाडा समायोजन लागू नगरिने भएको छ।

    दसैँका लागि भनेर काठमाडौं उपत्यकाबाट २५ लाख बढी यात्रुहरु बाहिरिने गर्दछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij