आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यात्रुबहाक बसले दसैँमा खसीबोका बोक्न नपाउने

  • प्रकाशित मिति : शनिबार, भदौ १७, २०७४



  • यसपालि दसैँमा यात्रुबहाक बसमा खसी–बोका समेत बोक्न नपाइने भएको छ।

    दुर्घटना न्युनीकरणको लागि यातायात व्यवस्था विभाग, यातायात ब्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च लगायतका सरोकारवाला निकायहरुको शुक्रबार बसेको सर्वपक्षीय बैठकले यात्रुबहाक बसमा एक जनाले २० किलोभन्दा धेरै सामान र घरायसी बाहेकका कुनै पनि चिज बोक्न पूर्ण रुपमा बन्देज गरेको हो।

    योसँगै २० केजीभन्दा ठूला सामान र खसीबोका समेत मालवाहक गाडीमा पठाउनु पर्ने भएको छ। यदी यसो नभएमा यातायात व्यवस्था विभागले सवारी साधनको इजाजत समेत खारेज गर्न सक्ने विभागका महानिर्देशक रुपनारायण भट्टराइले चेतावनी दिए।

    नयाँ नियमले सवारी दुर्घटनामा कमी आउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेको भनाइ छ। अघिल्ला वर्षहरुमा यात्रुबहाक बसमा खसी, बोकाहरु राख्ने गरिए पनि यो वर्ष यसमा कडाई गरिने उनले बताए।

    ‘आजको सर्वपक्षीय बैठकमा २० किलोभन्दा धेरै सामान र ब्यवसायिक प्रयोजनको सामान नबोक्ने सहमति भएको छ, जसअनुसार कुनै पनि यात्रुबहाक बसले दसैँमा खसीबोका हुटमा वा डिक्कीमा पनि राख्न पाउने छैनन्’ पाण्डेले भने।

    पछिल्ला केही दिनदेखि गाडीमा हुट राख्न पाउनुपर्छ भन्दै यातायात ब्यवसायीहरुले लामो दुरीको यातायातको टिकट बुकिङको मिति तोकेका थिएनन्।

    दसैँ अगाडिको ८ देखि १० दिनमा उपत्यकाबाट करिव २५ लाख सर्वसाधारण बाहिरिने र उनीहरुको सामान समेत लानुपर्ने भएकोले गाडीमा हुट राख्न पाउनुपर्ने राष्ट्रिय यातायात व्यबसायी महासंघले माग राख्दै आएको थियो।

    ‘धेरै सामान राखेर सवारी दुर्घटनामा पर्यो भने हाम्रो पनि नोक्सान हुन्छ, यस विषयमा धेरै सजग छौँ तर सार्वजनिक गाडीमा हुट नै नभए सामान कसरी लाने’ राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने।

    आफूहरुले मान्छे बोक्ने उद्देश्यले नभई हलुका सामान बोक्नलाई नै हुट राख्न खोजेको उनले बताए। ‘यदी कुनै गाडीले हुटमा मान्छे वा व्यापारिक प्रयोजनका सामान बोकेको पाइएमा गाडीलाई जे कारबाही गरेपनि महासंघले हस्तक्षप गर्ने छैन’ सिटौलाले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij