प्रकाशित मिति : शनिबार, भदौ १७, २०७४
ओमान । नेपाली जनसम्पर्क समिति ओमानले बाढीपीडितका लागि राहत सहयोग उपलब्ध गराएको छ ।
समितिले राहत संकलन अभियान सञ्चालन गरी संकलित रकम प्रधानमन्त्री दैबिप्रकोप राहत कोषमा जम्मा गरेको हो ।
समितिले नेपाल बैंक लिमिटेडको खातामा ओमानी रियाल २३९ अर्थात नेपाली रूपैयाँ ६३ हजार दुई सय ८५ सहयोग जम्म गरेको हो ।
यो रकम जम्मा गराएको बारेमा नेपाली राजदुतावास मस्कट ओमानका राजदुत शर्मीला पराजुली ढकाललाई संस्थाका सभापति फर्सुराम पोख्रेल (धनु)ले रकम हस्तान्तरण गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij