आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खुम्बुमा पर्यटकको चाप बढ्दै

  • प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४



  • सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरू भएको छ ।

    वर्षायाम सकिएसँगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार/साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिए ।

    वर्षा सकिएसँगै खुम्बुमा होटल, पसल, रेस्टुराँ तथा लजको सरसफाइ र आवश्यक सामग्रीको जोहो गर्न लागिएको लुक्लाकी होटल व्यवसायी दावाफुटी शेर्पाले बताए। उनका अनुसार भदौको अन्त्यदेखि पर्यटकको आगमन निकै बाक्लो हुन्छ । अहिले पनि दैनिक १०० भन्दा बढी पर्यटक लुक्लाबाट उकालो लाग्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्ज जोरसल्ले चेकपोष्टले जनाएको छ ।

    सगरमाथा क्षेत्रमा वर्षभरिमा यही मौसममा सबैभन्दा बढी विदेशी पर्यटक आउने गरेको तथ्यांक छ । प्रकृतिक सुन्दरता देखिने यो मौसममा लेकसमेत कम लाग्ने स्थानीयको भनाइ छ । मौसम सुरू भएसँगै लुक्ला विमानस्थलमा हवाइजहाज तथा हेलिकप्टरको चाप बढेको छ । तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाका अनुसार अहिले लुक्लामा दैनिक १२/१५ वटाभन्दा बढी उडान हुन थालेका छन् । अबको १५ दिनमा त्यहाँ दैनिक ७०/८० वटा उडान हुने गर्दछन् ।

    विसं २०७१ मा सगरमाथामा हिमपहिरो र २०७२ मा भूकम्पको असर तथा भारतीय नाकाबन्दीका कारण विसं २०७३ को यो मौसममा खुम्बुमा पर्यटक आगमन निकै कम भएको थियो तर गत वैशाख/जेठमा खुम्बुमा पर्यटकको आगमन अहिलेसम्मकै बढी भएकाले यो मौसममा पनि पर्यटकको आगमन राम्रो हुने स्थानीयको अनुमान छ । सुरूआतमै पर्यटकको आगमन राम्रो भएकाले आफूहरु उत्साहित भएको नाम्चेका व्यवसायी फुर्वाल्हामु शेर्पाले बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij