प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४
बिनिता शर्मा , बाँके । हाम्रो यस जलजला अनलाइनका बाँके सहकर्मी मधु पौडेल सम्मानीत हुनु भएको छ । होटल व्यवसायी संघ,बाके, नेपालगंज बाकेको १४औ. साधारण सभामा बाकेको पर्यटन विकासमा पत्रकारिताको माध्यमबाट टेवा पु¥याएको योगदानको उच्च मुल्याङकन गर्दै नगद रु पाँच हजार तथा सम्मान पत्र प्रदान गरीएको थियो ।
जिल्ला प्रशासन कार्यलय बाके प्रमुख रमेश कुमार केसीको प्रमुख आतिथ्यमा भएको उक्त साधारण सभाको सभापति संघका बाके अध्यक्ष निम बहादुर थापा रहनु भएको थियो ।कार्यक्रमको शहजिकरण संघका महासचिव भिमलाल कडेलले गर्नु भएको थियो । 
उक्त साधारण सभामा पत्रकार कृष्ण खनाल तथा जिल्लामा उत्कृष्ट होटल व्यवसायीमा न्यु होटल इन्दे्रणीका संचालन घनश्याम लगाएतका अन्य होटल व्यवासायीहरु र एसइईमा होटल व्यवसायीको छोराछोरीमाध्येबाट उत्कृष्ट नम्वर ल्याउने सम्मान प्रदान गरीएको थियो ।
कार्यक्रममा चितवन,प्युठान ,दाङ ,टिकापुर ,वर्दिया लगाए पश्चिमका सम्पुर्ण होटल व्यवसायीका अध्यक्षहरुको उपस्थिति रहेको होटल व्यवसायी संघ बाके वरिष्ठ उपाध्यक्ष उमा ग्रण्डनले जनाकारी दिनु भयो भने सम्मानित पौडेल नेपाल पर्यटन पत्रकार संघ बाके साखाका सचिव हुनु हुन्छ भने पौडेलले समुदायिक रेडियो नेपालगंजमा समाचार प्रमुख तथा दैनिक खवरी को सम्पादन र अभियान न्युज साप्ताहिकको प्रकासक तथा सम्पादकको भुमिकामा रहेर काम गर्दै आउनु भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij