मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

बिबादका बीच होटेल व्यवसायी संघ बाँके

  • प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४



  • बाँके । नेपालगन्जको ४ औं साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ । आइतबार नेपालगन्जको एक होटेलमा साधारण सभा सुरु हुँनलाग्दा होटल व्यवसायीहरुको एक समुहले अवरोध खडा गरेपछि २ समुह बिच विवाद भएको थियो ।
    आफुहरुलाई कुनै पनि जानकारी नदिई साधारणसभा गर्न लागिएको भन्दै होटल व्यवसायी महासंघ प्रदेश नं. ५ का संयोजक तुल बहादुर कडेल, सदस्य प्रेमराज खरेल, प्रेमलाल सापकोटा, संस्थापक अध्यक्ष मदन कुमार विसी, पुर्व अध्यक्ष दिपेन्द्र कुमार जोशी, आजिवन सदस्यद्वय श्यामलाल अर्याल र भिमलाल श्रेष्ठ लगायतले विरोध जनाएपछि २ पक्षबिच विवाद सिर्जना भएको हो । आयोजकले साधारण सभाको उद्घाटन सत्र सुरु गर्न लाग्दा असन्तुष्ट पक्षले उठेर नाराबाजी गरेपछि केहीबेर कार्यक्रमस्थल तनावग्रस्त बनेको थियो ।
    आयोजकले असन्तुष्ट पक्षका मागहरुको सम्बोधन गर्नको लागि छानविन समिती बनाउने बताएपछि उद्घाटन सत्र सुरु भएको थियो । होटल व्यवसायीको विवादले साधारणसभा स्थल तनावग्रस्त भएपछि आएका अतिथीहरु कार्यक्रम स्थल छाडेर गएका थिए । व्यवसायीहरुको एक समुहले विरोध गरेर कार्यक्रम अगाडि बढाउन नदिएपछि अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख एसएसपी महेश विक्रम शाह लगायतका अतिथीहरु कार्यक्रम स्थल छाडेर जानु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij