प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४
नेपाली सेनासँग विपत व्यवस्थापनका लागि चाहिने सामग्री निकै न्यून रहेको सेनाले जनाएको छ।
सेनाको विपत व्यवस्थापन गण सुन्दरीजलका अनुसार, सेनासँग विपत व्यवस्थापनको लागि जरुरी पर्ने सामग्रीको पाँच प्रतिशत मात्रै छ।
`हामीसँग विपत व्यवस्थापनको लागि सामग्री नभएको भन्ने होइन।सेनासँग धेरै खालका विपतको उद्धार गर्ने क्षमता छ,’ गणका निमित्त प्रमुख भोगरत महतले भने,’नेपालमा विपतको जोखिम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार पाँच प्रतिशत मात्रै उद्धार सामाग्री छ।’
नेपाल विश्वमै प्रकृतिक विपत्तिको खतरा भएको देशहरूको सुचीमा पर्छ।काठमाडौं विश्वकै तेश्रो संकटकालिन स्थानमा पर्छ।
विपत्ति उद्दार र व्यवस्थापनका लागि सुन्दरीजल गणमा ५ सय ७१ जना सैनिक रहेका छन्।त्यत्तिकै संख्यामा चितवनमा पनि अर्को गण रहेको छ ।नेपालभरी दुईवटा मात्रै यस्ता गण रहेका छन्।
नेपाली सेनासँग अहिले वायरलेस लाइफ डिडेक्टर,टेलिस्कोप सर्च क्यामेरा,ग्यास डिडेक्टरहरू रहेका छन्।
खोँचमा खसेको व्यक्तिलाई उद्धार गर्न सक्ने,भुकम्पमा पुरिएका व्यक्तिको उद्धार गर्न सक्ने,पानीबाट उद्धार गर्ने,आगालागीबाट उद्धार गर्ने,दुर्घटनापछि उद्धार गर्नसक्ने लगायतको प्रविधि र जनशक्ति रहेको छ।यस्ता आपतकालिन उद्धारका लागि सुन्दरिजलमा तालिम समेत सञ्चालन हुन्छ ।
सेनाले एक कार्यक्रमबीच आइतबार यसको डेमो देखाएको थियो।
सेनालाई वाटर रबर बोट,ओबियम,थर्मल इमर्जेन्सीक्यामेरा,भिक्टिम लोकेटिङ डिभाइस,जेनेरेटर,ड्रोन लगायतका सामाग्रीको अभाव रहेको महतले बताए ।
सेनाका अनुसार विपत व्यवस्थापन गण रहेको स्थान पनि उपयुक्त छैन।
मुख्य शहरदेखि पर रहेको र साँघुरो सडक रहेकाले उद्धारका लागि समस्या आउने सेनाको भनाइ छ।
हरेक बटालियनमा विपत व्यवस्थापनको टोली राख्ने गरि योजना बनाउने तयारी भइरहेको प्रमुख सेनानी बिमलराज शर्माले बताए ।बढी भन्दा बढी जनशक्ति तयार पार्ने सेनाको योजना रहेको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij