मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

पहिरोको जोखिममा परेका पाँच बस्ती स्थानान्तरण गर्न सुझाव

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • लमजुङ । पहिरोको जोखिममा रहेका लमजुङका पाँच बस्तीलाई स्थानान्तरण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञसहितको टोलीले अध्ययनपछि जोखिमयुक्त पाँच गाउँलाई स्थानान्तरण गर्ने सुझाव प्राप्त भएको हो ।

    विज्ञ टोलीको प्रतिवेदनपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्लाका चार गाउँपालिकाका पाँच बस्ती स्थानान्तरण गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जानकारी दिए ।

    टोलीले गत माघ अन्तिम र फागुन पहिलो साता जिल्लाको साविक १३ गाविसका जोखिम बस्तीको विस्तृत अध्ययन गरेको थियो । टोलीमा भू–संरक्षण तथा जलाधार व्यवस्थापन विज्ञ, भूगर्भविद्, जलउत्पन्न प्रकोप व्यवस्थापन विज्ञको सहभागिता रहेको थियो ।

    स्थलगत अध्ययनपछि बुझाइएको प्रतिवेदनमा ७० घर, तीन सामुदायिक भवन, एउटा साविकको गाविस भवन र एउटा स्कुल तत्काल स्थानान्तरण गर्नुपर्नेसहितको सुझाव छ ।

    प्रतिवेदनमा दूधपोखरी गाउँपालिकाको साविक दूधपोखरी–९, पिप्रुका सातवटा घर र एउटा सामुदायिक घर, दोर्दी गाउँपालिकाको साविक फलेनी–४ को तल्लो माझखर्कका चार घर स्थानान्तरण गर्नुपर्ने उल्लेख छ ।

    यस्तै मर्स्याङ्दी गाउँपालिकाको साविकको घेर्मु–१ र २ उपल्लो चिप्लाका २१ घर, एउटा स्कुल, एउटा सामुदायिक भवन, क्व्होलासोंथर गाउँपालिकाको साविक भोंजे गाविस–६ मपिङका आठ घर र एउटा स्कुल साथै क्व्होलासोंथर गाउँपालिकाको साविक भोंजे ४ र ५ भोंजेको ३० घर, एउटा सामुदायिक भवन र गाविस भवन जोखिमयुक्त भएको भन्दै स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    भूकम्प र पहिरोले जोखिममा परेका ती घरलाई प्रतिघरलाई रु तीन लाख घर निर्माण र जग्गा खरिदका लागि रु दुई लाख सरकारले सहयोग गर्ने जनाइएको छ । पहिचान भएका जोखिमयुक्त बस्तीबारे एकाइले दोर्दी, मर्स्याङ्दी, क्व्होलासोंथर र दूधपोखरी गाउँपालिकालाई पत्र लेखेर जानकारी गराएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij