मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

पहिरोले लाखौँको क्षति….

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ ।

    एक हजार ३७ रोपनी क्षेत्रफलमा लगाइएको धान, कोदो, मकै, अदुवा, अलैँचीलगायतका बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमल तिवारीले जानकारी दिए ।

    यहाँका करीब १५० परिवारको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । संकलन गरिएको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय र कृषि विभागमा पठाइएको छ ।

    विभागबाट क्षतिपूर्ति आए बाढीपीडितलाई राहत उपलब्ध गराइने तिवारीले बताए । पहिरो झर्ने क्रम नरोकिएको स्थानीयवासी दीपसन पौडेलले बताए । सो क्षेत्रमा पहिरोका कारण ११४ परिवार विस्थापित बनेका छन् भने दुईजना बेपत्ता तथा एकजनाको मृत्यु भएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij