मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

ऊर्जा मन्त्रालयको टोल फ्री र मोबाइल एप सेवा सुरु

  • प्रकाशित मिति : मङ्लबार, भदौ २०, २०७४



  • काठमाडौं । ऊर्जा मन्त्रालयले ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित मोबाइल एप र जनताको गुनासा सुन्न टोल फ्री हटलाइन सेवा सुरु गरेको छ ।

    मन्त्रालयले टोल फ्री नम्बर ११५१ तथा मोबाइल एप सन्चालनमा ल्याएको हो ।

    ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सोमबार झापा, गौरादहका एक सेवाग्राहीको गुनासो सुनेर यस सेवाको उद्घाटन गरेका हुन् ।

    उनले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन यी सेजा सन्चालनमा ल्याइएको बताए ।

    जनताका काम–कारबाहीलाई कुनैपनि बाहानामा सम्बोधन नगर्ने परिपाटीको अन्त्य गर्न यस्तो सेवाको आवश्यकता परेको उनको भनाइ छ ।

    जनताहरु समस्या ल्याएर प्राधिकरणमाभन्दा मन्त्रालयमा बढी आउने गरेको र प्राधिकरणकै गुनासो बढी आउने हुनाले जनतालाई सीधै मन्त्रालयमा पहुँच उपलब्ध गराउन मन्त्रालयले पनि यो सेवाको सुरुआत गर्नुपरेको उनले स्पस्ट पारे ।

    प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सीमित ठाउँमा प्राविधिक कारणबाहेक लोडसेडिङ नभएको जानकारी गराए ।

    ट्रिपिङको समस्याले केही समय बत्ती जाने गरेको र यसलाई पनि अटो सिंक्रनाइजेसन प्रक्रिया अगाडि बढाइसकेको उनले उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij