आगो फैलँदा घर पूर्ण रूपमा क्षति भएको छ। मानवीय क्षति भने भएन। कुँवरले नजिकै काम गर्ने मजदुरहरुलाई गरेको आग्रह बमोजिम नै उनीहरुले आगोको मुस्लो झोसेर अरिंगलको गोलो पोलेका थिए।
अरिंगालको गोलो पोलेपछि मजदुरहरु घर तिर गएका थिए । राति साढे नौ बजेतिर झ्यालमा गोलो पोल्दा लगाईएको आगो फैलिए पछि राति ११ बजेमात्र घरको अन्य स्थानमा फैलिएको हुन सक्ने प्रहरीको भनाई छ।
आगलागीपछि तल्लो तल्लाका सामान झिक्न भ्याए पनि माथिल्लो तल्लाबाट सामान जलेर नस्ट भएका छन्। आगोलाई स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र दमकलको साहायताले राति १ बजे नियन्त्रणमा लिएको थियो।
