आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इन्द्रजात्रा पर्व आज मनाइदै, कुमारी, गणेश र भैरवको रथ घुमाइने

  • प्रकाशित मिति : मङ्लबार, भदौ २०, २०७४



  • काठमाडौं । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ ।

    विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ ।

    रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रप्रमुखबाट जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा रहेको छ ।

    यस अवसरमा लाखे नाच, पुलुकिसी नाच प्रदर्शन गरिन्छ । यसपछि सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा रथ घुमाउने चलन छ ।

    हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङगो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।

    यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिच्छवी कालदेखि यो पर्व मनाउन थालिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij