आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुन तस्करीमा बाटो ‘क्लियर’ गर्न सुन कै जलपमा विशेष चिह्न अंकित गाडी प्रयोग

  • प्रकाशित मिति : बुधबार, भदौ २१, २०७४



  • काठमाडौं, भदौ २१ । ८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो– भिआइपी ।

    विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनियाँ अक्षरसँगै सानो अक्षरमा भिआइपी लेखिएको थियो । केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआइपीको थिएन ।

    विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि ‘लाइन क्लियर’ गर्ने । केरुङबाट नुवाकोटसम्म पुग्दा बाटोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गरेर १२ वटा नाका पार गर्नु पर्छ । त्यसपछि नुवाकोट र धादिङका विभिन्न ठाउँमा गरी दुई दर्जन ठाउँमा सुरक्षा पोस्ट छन् ।

    सेटिङ मिलेका ती नाकाका सुरक्षाकर्मीले सहजै पहिचान गरुन् र सेटिङ नमिलेका प्रहरीले भिआइपी सवार गाडी भनेर चेक फितलो बनाउन् भन्ने उद्देश्यले भिआइपी चिह्न प्रयोग गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

    स्रोतका अनुसार सुन तस्करीमा यस्तै प्रकृतिका अन्य ६ वटा गाडीसमेत रहेको प्रारम्भिक सूचना आएको छ, ती गाडी केरुङ–काठमाडौं आवतजावत गरिरहन्छन् । ती गाडीका चारजना चालकमध्ये तीनजनालाई नियन्त्रणमा लिएको छ । –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij