मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

आजदेखि सोह्रश्राद्ध, नदी किनारमा श्राद्ध गर्नेहरुको भीड

  • प्रकाशित मिति : बुधबार, भदौ २१, २०७४



  • काठमाडौं । आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष शुरु भएको छ ।

    आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने यस अवधिमा छोरा-छोरीहरुले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् ।

    घर,नजिकका तीर्थ तथा तालकुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिण्डदान र तर्पण गर्ने गरिन्छ ।

    काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी किनारमा आज बिहानैदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ ।

    यो अवधिभर बाबुआमा नहुनेहरुले माछामासु, लसुन, प्याज जस्ता तामसी परिकार खान नहुने धार्मिक परम्परा छ ।

    यस्तै, यस अवधिमा बाबुआमा नहुनेहरुले एकछाक मात्रै खाने चलन पनि छ । आश्विन कृष्ण पक्षमा सूर्य कन्या राशिमा रहेका बेला पितृका निम्ति पर्व जस्तै हुने धार्मिक मान्यता छ ।

    हिन्दू धर्ममा पितृको स्थान देवताको भन्दा पनि माथि रहने गर्दछ ।

    ठूला चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नु अघि पनि पितृको सम्झना गर्ने परम्परा रहेकाले बडादशैं र तिहार जस्ता ठूला पर्वअघि पितृ पक्षमा सम्पूर्ण पितृहरुको सम्झना गर्ने गरिएको विश्वास गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij