प्रकाशित मिति : बुधबार, भदौ २१, २०७४

गत जेठ अन्तिमदेखि रोकिएको सेवा हालसम्म पनि सञ्चालन नहुँदा यात्रु मर्कामा परेका हुन् ।
दशैंको लागि टिकट खुल्ने समय भए पनि हालसम्म मौसमको कारण कारण देखाउँदै जहाज उडाउने या नउडाउने भन्ने मै अन्याल रहेकाले टिकट बुकिङ नखुलाइएको नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख विकास राईले बताए ।
दोहोरो धावन मार्ग बनाई कालोपत्रे गरेर तयार पारिएको विमानस्थल अझै सञ्चालनमा आउन नसक्दा आफूहरु अन्यायमा परेको गुनासो स्थानीयको छ ।
२०२८ सालमा निर्माण भएको सुकेटार विमानस्थललाई निर्माण भएको चार दशकपछि झन्डै नौ करोडको लागतमा कालोपत्रे गरिएको हो ।
नागरिक उड्ययन प्राधिकरणबाट स्तरोन्नतिको काम भएको सुकेटार विमानस्थललाई तीन वर्षअघि ६ सय मिटरबाट बढाएर नौ सय ३० मिटर बनाइएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij