प्रकाशित मिति : बुधबार, भदौ २१, २०७४
पोखरा–लेखनाथ महानगरपालिका–१० स्थित कुँडहर आधारभूत प्राथमिक विद्यालयको हातामा १० हजार लिटर क्षमताको खानेपानीे ट्यांकी निर्माण गरिएको छ ।
लायन्स क्लब अफ पोखरा ग्रीन टाउनको सक्रियतामा बेलायतस्थित क्वीन एलिजावेथ ग्रामर स्कुलको तीन लाख १० हजार रुपैयाँको सहयोगमा सो ट्यांकी निर्माण गरिएकोे हो।
नवनिर्मित ट्यांकी लायन्स क्लबका राष्ट्रिय डिष्ट्रिक्ट गभर्नर ३२५ बी १ का गभर्नर धनराज आचार्यले आज यहाँ आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैना गुरुङलाई हस्तान्तरण गरे । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij