आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१२ अंकले उक्लियो नेप्से

  • प्रकाशित मिति : बुधबार, भदौ २१, २०७४



  • बुधबार सेयर बजारको परिसूचक करिब १२ अंकले बढेको छ। ११. ९ अंकले बढेर नेप्से १५६६ अंकमा कायम भएको छ। कारोबार रकम पनि सन्तोषजनक देखिएको छ। कुल १६४ कम्पनीको ८३ करोड ४३ लाखको सेयर किनबेच भएको छ।

    यस दिन उत्पादनबाहेकका सबै समूहहरु बढेका छन्। सो समूह ४८ अंकले घटेको छ। बैंकिङ ११, होटल २२, विकास बैंक २०, जलविद्युत ३, फाइनान्स १, बिमा ५५ र अन्य समूह ९ अंकले बढेका छन्।

    यस दिन कारोबारका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा रह्यो। कम्पनीले ४० प्रतिशत लाभांशको घोषणा गरेपछि कम्पनीको कारोबार बढेको हो। उसले आजै १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो। कम्पनीको ७ करोड ४ लाखको कारोबार भयो भने मूल्य बढेर प्रतिकित्ता ७६३ कायम भएको छ।

    गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २४ लाखको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक र छिमेक लघुवित्त विकास बैंक कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र रहे।

    महिला सहयात्रा माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्तका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। समग्र बजार बढ्दा पनि सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम र ङादी पावरको मूल्य ८ प्रतिशतले घटेको छ। समूहगत उच्च कारोबार हुनेमा यस दिन पनि वाणिज्य बैंक अग्रस्थानमा रह्यो।

    यसैबीच नबिल बैंकको साधारणसभाका लागि भदौ २७ गते बुक क्लोज हुने भएको छ। बैंकले ३० प्रतिशत बोनस तथा १८ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। काष्टमण्डप, काक्रेविहार, महाकाली विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई एक्वीजिसन गरेपछि कुमारी बैंकको १ करोड ३५ लाख ३९ हजार ३१० कित्ता सेयर सूचीकृत भएको छ।

    नेको इन्स्योरेन्सको साधारणसभाका लागि भदौ २९ गते बुक क्लोज हुने भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij