आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीन र पाकिस्तानसँग एकै पटक युद्ध हुनसक्ने भारतीय सेना प्रमुखलाई डर

  • प्रकाशित मिति : बिहिबार, भदौ २२, २०७४



  • नयाँ दिल्ली । भारतीय सेना प्रमुख विपिन रावतले चीन र पाकिस्तानसँग एकैपटक युद्ध हुन सक्ने आशंका व्यक्त गरेका छन् । दुबै मुलुकसँग एकै पटक युद्ध झेल्न सहज नहुने भन्दै उनले त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका हुन् ।

    रावतले बुधबार एक सेमिनारमा चीन र पाकिस्तानले एकै पटक भारतसँग युद्ध गर्न सक्ने सम्भावना औंल्याएका हुन् । उनले भने, ‘हामीले दुबै मोर्चासँग युद्धको तयारीलाई ध्यान दिनु पर्दछ ।’

    उनले सीमा क्षेत्रमा चीनले भारतको शक्ति परीक्षण गरिरहेको बताए । उनले भने, ‘कुनै पनि बेला चीनले सीमा क्षेत्रमा युद्ध सुरु गर्ने सम्भावनालाई नकार्न सकिदैंन ।’ चीनले हमला गरेको अवस्थामा पाकिस्तानले पनि मौकाको फाइदा उठाउन सक्ने उनको बुझाइ छ । ‘भारतले एकै पटक उत्तरी र पश्चिमी सीमामा आफ्नो प्रभावलाई बढाउन जरुरी छ,’ उनले भने ।

    चीनले सीमा क्षेत्रमा आक्रामकता देखाउन थालेको भन्दै उनले कुनै पनि समय चीनले युद्ध गर्न सक्ने बताए । भारतको परमाणु क्षमताले युद्धको सम्भावनालाई केही कम गरे पनि त्यसले युद्धलाई सदाका लागि टार्न सक्छ भन्नु गलत हुने टिप्पणी गरे । उनले भने, ‘हाम्रा छिमेकी पनि परमाणु शक्ति सम्पन्न छन् ।’

    हालै भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको द्वन्द्व अन्त्य भएको छ । तत्कालका लागि द्वन्द्व अन्त्य भए पनि यसले कुनै पनि बेला फेरि नयाँ विवाद निम्त्याउन सक्ने भारतीय सेना प्रमुख रावतको भनाइ छ ।

    उल्लेखनीय छ, चीनले भारतीय सेना दोक्लामको विवादित क्षेत्रबाट फिर्ता भएपछि तत्कालका लागि विवाद अन्त्य भएको बताएको छ । आफ्नो सीमा क्षेत्रमा कुनै प्रकारको घुसपैठ भएमा त्यसको सशक्त प्रतिकार गरिने चीनको चेतावनी छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij