आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ

  • प्रकाशित मिति : बिहिबार, भदौ २२, २०७४



  • जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ ।

    कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको फैसलाअनुसार एक वर्ष दुई महिना १५ दिन कैद तोकिएका पोखरा लेखनाथ महानगरपालिका वडा नंं ५ का राजेन्द्र भट्टराईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

    उनका अनुसार सार्वजनिक अपराधमा संलग्न भई लुकीछिपी बसेका पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ लालीगुराँस टोल बस्ने ललित गुरुङ, लागूऔषध मुद्दाअन्तर्गत तीन महिला छ दिन कैद र पाँच हजार जरिवाना तोकिएका पोखरा–६ का विवेक तामाङ र चोरी मुद्दामा दुई दिन कैद र २० हजार ७५ रुपैयाँ बिगो  तोकिएका पोखरा–९ अभियुक्त शुभम गुरुङलाई पनि पक्राउ गरिएको हो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij