आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कैलालीमा पनि स्मार्ट लाइसेन्स वितरण सुरू

  • प्रकाशित मिति : बिहिबार, भदौ २२, २०७४



  • सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ ।

    कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो स्मार्ट लाइसेन्स प्रदान गर्दै यो नयाँ प्रविधिबाट लाइसेन्स वितरणमा एकरुपता ल्याउनुका साथै यातायातलाई अझ बढी सुरक्षित, व्यवस्थित र भरपर्दो र विश्वसनीय बनाउन सहज हुने जानकारी दिए ।

    उनले  यस प्रकारको लाइसेन्सबाट गलत मान्छेले लाइसेन्स पाउने तथा गलत तरिकाले दुरूपयोग गर्ने सम्भावना कम हुने बताए । पोलिकार्बोनेटबाट बनेको क्रेडिट कार्ड साइजको यो विद्युतीय कार्ड टिकाउ र बोक्न सजिलो हुनाका साथै आगो र पानीबाट बिग्रिने समस्या नरहने बताए ।

    हाल सुरूअाती  चरणमा नवीकरण गर्नेलाई यो लाइसेन्स वितरण गरिने भए पनि केही सातामा नयाँ लाइसेन्स लिने सेवाग्राहीलाई पनि वितरण गरिने कार्यालयका प्रमुख भुसालले जानकारी दिए । यसको अवधि ५ वर्षको हुनेछ भने बनाउँदा पनि ५ सय राजस्व  तिर्नुपर्ने व्यवस्था छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij