प्रकाशित मिति : शनिबार, भदौ २४, २०७४
लमजुडको मध्यनेपाल नगरपालिकामा करेण्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मध्यनेपाल ७, रामबजारका ३६ वर्षीय विलबहादुर बोटे रहेका छन्। मिदिम खोलामा माछा मार्ने क्रममा उनकोे करेण्ट लागेर मृत्यु भएको हो।
ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा लामो बाँस बिजुलीको तारमा छोइएपछि करेण्ट लागेको थियो। करेण्ट लागेर गम्भीर भएका बोटेलाई उपचारका लागि पोखरा लादैगर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए।
स्थायी घर तनहुँ भई हाल मध्यनेपालको रामबजार बस्दै आएका बोटेको शव परीक्षणका लागि दमौली लगिएको छ। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij