प्रकाशित मिति : शनिबार, भदौ २४, २०७४
(क) बेसिक मेडिकल साईन्स विभागहरुमा एम.एस्सी/पि.एच.डी होल्डर प्राध्यापकहरूले झेल्नुपरेका समस्याहरु
नेपाल मेडिकल काउन्सिलको एमबिबिएस गुणस्तर निर्धारण संहिता २०१७ अति नै विभेदकारी ढंगले नियम ल्याउन खोजिएको रहेछ । हाम्रा विरुद्ध यसमा उल्लेख गरिएको छ – ‘कुनै पनि मेडिकल कलेजमा बेसिक मेडिकल साईन्स विभागहरुमा एम.एस्सी./पि.एच.डी. (चिकित्सा विज्ञान) प्राध्यापक एक जना मात्रै राख्न पाउने ।’ हाम्रा विरुद्ध नेपाल मेडिकल काउन्सिलको कदम कुनै वैज्ञानिक प्रक्रियाबाट नआएको तथा काउन्सिलका केही अदूरदर्शी र स्वार्थी पदाधिकारीका पारिवारिक व्यक्तिहरुलाई रोजिरोटिको सुनिश्चितता गर्न आएको देखिन्छ । काउन्सिलको नजिकिँदै गरेको निर्वाचनलाई ध्यानमा राखेर आधारभूत चिकित्सा विज्ञानका एमबिबिएस/एम.डी/एम.एस र वीडीएस/एम.डी/एम.एस हरुलाई भोटको लागि रिझाउन निश्चित व्यक्तिहरुको लबिङमा यो नियम आएको रहेछ । यो विभेदकारी नियम हामीलाई कुनै पनि हालतमा मान्य छैन। यो नियमले एम.एस्सी/पि.एच.डी प्राध्यापकहरूको जागिर गुम्ने र दक्ष जनशक्ति विदेशिन बाध्य हुने देखिन्छ ।
एम.एस्सी/पि.एच.डी (चिकित्सा विज्ञान) कोर्षको मूलभूत उद्देश्य आधारभुत चिकित्सा विज्ञानका विषयहरुमा दक्ष र अनुसन्धानमूलक जनशक्ति उत्पादन गर्नु हो। यसमा एनाटोमी, फिजीयोलोजी, वायोकेमेष्ट्री, माईक्रोवायोलोजी, फर्माकोलोजी र कम्यूनिटी मेडिसिन विषयहरु पर्दछन्। नेपाल राज्यभरका २० मेडिकल र ३ डेन्टल कलेजहरुमा आधारभूत चिकित्सा विज्ञानका विषयहरु पढाउने एम.एस्सी/पि.एच.डी प्राध्यापकहरु लगभग ३५० जना र एम.डी/एम.एस प्राध्यापकहरु पनि लगभग ३५० जना (अनुपात लगभग ५०–५० प्रतिशत) छ। यस तथ्याङ्कले नेपालमा चिकित्सा शिक्षाको प्रादुर्भावदेखिनै आधारभुत चिकित्सा विज्ञानको पाठ्यक्रम विकास देखि अध्ययन–अध्यापनमा र अनुसन्धानमा एम.एस्सी/पि.एच.डी समुदायका प्राध्यापकहरुको अहं भुमिका रहेको तथ्य प्रष्ट पार्दछ। बेसिक मेडिकल साईन्स विभागहरुमा एम.एस्सी/पि.एच.डी गरेका प्राध्यापकहरु बिषयबिज्ञ हुनुको प्रमाण यी बिषयहरुमा लेखिएका अधिकांस किताबहरु एम.एस्सी/पि.एच.डी गरेका लेखकहरुले लेखेका छन्। बेसिक मेडिकल साईन्समा हिजो र आज पनि कयौँ विभागीय प्रमुख प्राध्यापकहरु एम.एस्सी/पि.एच.डी समुदायबाट छन्।
एम.एस्सी/पि.एच.डी (चिकित्सा विज्ञान) का कोर्षहरुमा उक्त बिषय अन्तर्गत आबश्यक सम्पूर्ण क्लिनिकल ज्ञानहरु पढाईएको हुन्छ। आधारभूत चिकित्सा विज्ञान पढाउनका लागि उक्त ज्ञान भरपूर्ण छ। अमेरिका र बेलायत लगायत विश्वका अधिकांस मूलुकहरुमा आधारभूत चिकित्सा विज्ञान अध्ययन–अध्यापनको लागि एम.एस्सी/पि.एच.डी गरेका प्राध्यापकहरु उत्कृष्ट मानिन्छन्। आज विशिष्ट जनप्रयोगमुखी अनुसन्धानहरु गरेवापत मेडिसिनमा नोबेल पुरस्कार जित्नेहरु बढीजसो एम.एस्सी/पि.एच.डी समुदायकै छन् । हामी एम.एस्सी/पि.एच.डी गरेका प्राध्यापकहरुले अस्पताल क्षेत्रका क्लिनिकल बिज्ञान अन्तर्गतका बिषयहरु पढाउने भनिरहेका छैनौ। क्लिनिकल बिज्ञानका लागि एमबिबिएस, एम.डी/एम.एस गरेका चिकित्सक प्राध्यापकहरुको विकल्प छैन।
(ख) बेसिक मेडिकल साईन्स विभागहरुमा एम.एस्सी/पि.एच.डी होल्डर प्राध्यापकहरुबाट आएका सुझावहरुः
डा. राजीव मुखिया
लेखक: मणिपाल मेडिकल कलेजका उप–प्राध्यापक तथा एशोसियसन अफ बेसिक एन्ड एप्लाइड मेडिकल साइन्सेज संस्थाका सदस्य हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij