मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

  • प्रकाशित मिति : आइतवार, भदौ २५, २०७४



  • नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका गुर्जेस्थित थानाभन्ज्याङमा भएको एक यात्रीबहाक बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

    उपचारकाक्रममा अस्पतालमा रहेका बसका सहचालक नवराज विकको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो ।

    अरु २९ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    मृत्यु हुनेमा तादी गाउँपालिका नर्जामन्डपका ६७ वर्षीया ठूलीमाया तामाङ, ४५ वर्षीया लक्ष्मी न्यौपाने, रालुकादेवीका २२ वर्षीया सविता तामाङ, विदुर नगरपालिका वडा नम्बर–९ जफतीकी २१ वर्षीया शशी बोगटी छन् ।

    त्यस्तै, ठेगाना नखुलेका ५७ वर्षीय लालबहादुर तामाङ र ३७ वर्षीया उजेली मिजारको पनि मृत्यु भएको छ ।

    बसका सहचालक तादी गाउँपालिका सातविसेका नवराज विकको पनि उपचारकाक्रममा अस्पालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

    काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बस शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँस्थित थानाभन्ज्याङमा शनिबार दुर्घटनामा परेको हो ।

    चालक फरार रहेका जनाइएको छ । बस सडकबाट करिब ३५० मिटर तल खसेर स्थानीयको घरमा बज्रिन पुगेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij