आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ऐतिहासिक ओलाङचुङगोला बस्ती नै पहिरोको जोखिममा

  • प्रकाशित मिति : आइतवार, भदौ २५, २०७४



  • ताप्लेजुङ । ताप्लेजुङको पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको ओलाङचुङगोला बस्ती निरन्तर झरिरहने पहिरोको कारण जोखिममा परेको छ ।

    तमोर नदीको कटान नरोकिँदा भविष्यमा बस्ती नै नरहने हो कि भन्ने खतरा बढेको स्थानीय छेतेन शेर्पाले बताए ।

    तमोर नदीको किनारामा रहेको र तमोरले बनाएको पहिरोले वर्षेनि घर भत्काउने गरेको शेर्पाको भनाइ छ ।

    सदरमुकाम फुङ्लिङदेखि २६ कोष उत्तरमा रहेको फुक्ताङ्लुङ गाउँपालिकामा रहेको ओलाङचुङगोला बस्ती नै पहिरोको खतरामा पर्दा पनि पहिरो रोकने प्रयास भने कतैबाट भएको छैन ।

    तमोरमा ठूलो बाढी आउँदा बस्ती नै बगाउने खतरा रहेको शेर्पाको भनाइ छ ।

    चीनको तिब्बतसँग सीमा जोडिएको महत्वपूर्ण व्यापारिक बजार भएपनि बजार जोगाउन कसैको ध्यान नगएको गुनासो स्थानीयको छ ।

    ऐतिहासिकरुपमा बनाइका काठका लहरै घर रहेको ओलाङचुङगोलामा ६५ घर एकै ठाउँमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij