सोमवार, कार्तिक १७, २०८३ | Monday 2nd November 2026

दलदलमा फसेर गैंडा मर्‍यो

  • प्रकाशित मिति : आइतवार, भदौ २५, २०७४



  • चितवन । चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोस्टनजिकै दलदलमा फसेर आइतबार एउटा गैंडा मरेको छ ।

    दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैंडा आइतबार बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

    शनिबार दलदलमा फसेको भेटिएपछि गैंडालाई हात्तीको सहायतामा निकालिएको थियो । दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैंडालाई जोगाउन नसकिएको पाठकले बताए ।

    साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैंडा फसेको निकुञ्जले जनाएको छ ।

    यही साउन २४ गते पनि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत् इचर्नी पोस्टनजिकै दुईओटा भाले गैंडा जुध्दा लडेर एउटा गैंडा मरेको थियो ।

    गएको आवमा विभिन्न कारणले २५ ओटा गैंडा मरेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij